आइसिसी विश्व टी–२० छनोटः नेपालले पहिले ब्याटिङ गर्दै (लाइभ भिडियो)

असोज २३, काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा नेपाल आज भूटानसँग भिड्दैछ।

भुटानले टस जितेर पहिले फिल्डिङ रोजेको छ भने नेपालले पहिहले ब्याटिङ गर्दैछ। यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ। खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुँदैछ।

यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्। आइसिसी विश्व टी–२० छनोटः नेपालले पहिले ब्याटिङ गर्दै (लाइभ भिडियो)

https://youtu.be/f0OaoNi8kfM   

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.