प्रहरी प्रतिष्ठान पनौतीमा

असोज २३, काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापाले महाराजगञ्जस्थित अहिलेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गामा राष्ट्रपति कार्यालय निर्माण गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी प्राप्त भएको बताउँदै काभ्रेको पनौतीमा रहेको नेपाल प्रहरीको जग्गामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सर्ने जानकारी दिनुभयो ।

पनौतीमा नेपाल प्रहरीको आठसय रोपनी जग्गा रहेको छ । सो जग्गामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि गुरुयोजना बनाउन नेपाल र भारतबीच सहमतिपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको जानकारी समेत प्रहरी प्रवक्ता थापाले दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.