आफ्नै गोरुले हानेर ५२ वर्षीय केवलसिंहको मृत्यु

असोज २२, दाङ । रुकुमको मुसीकोट नगरपालिका ९ घोरनेटी निवासी ५२ वर्षीय केवलसिंह खड्काको गोरुले हानेर मृत्यु भएको छ । आफ्नै गोरूले हानेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

बिहान करिब ८ बजेतिर छिमेकी झकप्रसाद खड्काको बारी जोत्ने क्रममा गोरू नार्न लाग्दा गोरूले हानेर मृत्यु भएको स्थानीय खडानन्द शर्माले जानकारी दिए । मृतकका एक छोरा हाल भारतमा रहेका छन् भने सानो एक छोरा, एक छोरी र श्रीमती घरमै छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.