नेकपा सचिवालयको बैठक निश्कर्ष विहिन

असोज २२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक निश्कर्ष विहिन भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा विहान देखी वसेको बैठकमा तत्काल तल्ला कमिटि एकतामा कुरा नमिलेको स्रोतले जनाएको छ । यस अघि आईतबार बस्ने भनिएको बैठक अध्यक्ष प्रचण्डको व्यस्तताको कारण स्थगित गरिएको थियो । वरिष्ट नेता नेपाल र अर्का नेता नारायणकाजी श्रेष्ठ मुलुक बाहीर रहेको समयमा सचिवालयबाट गरिएको निर्णय प्रक्रियामा माधव नेपालले सार्वजनिक रुपमा असन्तुष्टी जनाउँदै आएका थिए । पार्टी भित्र पदहरुमा मनोनयन गर्दा मापदण्ड अनुसार गर्नु पर्ने वरिष्ट नेता नेपालको धारणा रहँदै आएको थियो ।

आफ्नो अनुपस्थितीमा सचिवालयले गरेको प्रदेश ईन्जार्ज,अध्यक्ष,सहईन्जार्ज र सचिव तोक्ने कार्यमा कुनै मापदण्ड नअपनाईएको कारण असुन्तुष्टि ब्यक्त गरेका थिए । आफ्नो असहमती लिखित रुपमा महासचिवलाई पेश गरेका थिए । सचिवालयले वरिष्ट नेता नेपालको असन्तुष्टिलाई बैठकको एजेन्डा बनाएको भए पनि आज त्यस विषयमा छलफल हुन नसकेको एक नेताले जनाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.