एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या

असोज २२, राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन्। स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ) मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए।

घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भारतको बिहारराज्यको सुपौल माइती भएकी रोशनीकी श्रीमान सुनिल राउत विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ।

सुनिलसँग सामाजिक परम्पराअनुसार ६ महीना अघि रोशनीको विवाह भएको थियो। यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सो आगलागीबाट करीब रु ७० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.