कक्षा ११को नतिजा यसरी हेर्नुहोस्

असोज २१, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए ।

आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए । नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् । ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० ल्याउने ल्याए ।
२४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २।८० सम्म र ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याए ।

९२ हजार ५ सय ९३ले जीपीए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ले जीपीए १.२१ देखि १.६० ल्याएका छन् । आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८०सम्म ल्याएका छन् । आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।अंकतर्फ १५ हजार ३३३ जना उत्तीर्ण भएका छन् । १३१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।

नतिजा  http://www.neb.gov.np वा  http://neb.ntc.net.np  मा हेर्न सकिनेछ । neb symbol no टाइप गरेर १६०० मा एसएमएस ठाउन सकिने बोर्डले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.