आलापोटस्थित साहित्य धाममा ११८ औँ लक्ष्मी जयन्ती भव्य रूपमा मनाइयो

कार्तिक २७, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र श्री कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २, आलापोटस्थित साहित्य धाममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ लक्ष्मी जयन्ती भव्य रूपमा मनाइएको छ।

कार्यक्रममा आमन्त्रित स्रष्टा तथा कविहरूले आ-आफ्ना कविता संयुक्त रूपमा वाचन गरेका थिए। सहभागी प्राज्ञ एवं साहित्यकारहरूले महाकवि देवकोटाको साहित्यिक कृति, उनको अद्वितीय योगदान र बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारे।

कार्यक्रमका अतिथि पूर्वमन्त्री तथा संविधानसभा सदस्य रामेश्वर फुयालले नेपालमा भएका तीनवटा ठूला क्रान्ति र लोकतन्त्र ल्याउन साहित्यको भूमिकाबारे चर्चा गर्नुभयो। साथै, जनताको पूर्ण स्वतन्त्रता र मुलुकको रूपान्तरणका लागि अझै धेरै काम गर्न बाँकी रहेको विचार व्यक्त गर्नुभयो।

पुस्तकालयका अध्यक्ष कुमार बहादुर खड्काले  आलापोटमा महाकवि देवकोटाको पूर्ण कदको सालिक र सङ्ग्रहालय निर्माण गर्ने सपना पूरा गर्न स्थानीय जनता र बागमती प्रदेशका जनताले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.