सम्झौता नगरे इरानमा पुनः आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् ।

यद्यपि, उनले दुवै देशबीच सम्झौताको सम्भावना पनि औँल्याएका छन् । शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भने, “हामी ‘एपिक फ्युरी’जस्तै अर्को सानो सैन्य अभियान चलाउन सक्छौँ वा उनीहरूले सम्झौता गर्न सक्छन् ।”

इरानले बुद्धिमत्ता देखाउँदै गम्भीर वार्ताको प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ छ । तर, इरानले त्यसो गर्नेमा आफूलाई शंका रहेको उनले बताए । ट्रम्पले इरानको अर्थतन्त्र विश्वकै खराब अर्थतन्त्रमध्ये एक भएको दाबी गर्दै अमेरिकी कारबाहीबाट इरानले ठूलो आर्थिक तथा सैन्य क्षति बेहोरेको बताए । यसअघि शुक्रबार नै उनले इरानसँगको युद्ध चाँडै अन्त्य गर्न सकिने टिप्पणी गरेका थिए ।

तर, युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्ने वा युद्धलाई क्रमशः साम्य हुन दिने भन्ने प्रश्नसमेत उठाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.