दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ।

तर, यस वर्ष कात्तिक २ र ३ गते दशैंको बिदा परेकाले पहिलो चरणको कार्यक्रम निर्धारित समयभन्दा पछि सञ्चालन गर्न लागिएको विभागले जनाएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।

बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन र जुकाको संक्रमणबाट हुने स्वास्थ्य समस्याको जोखिम घटाउन सरकारले नियमित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.