कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

असोज २८, काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह लामा अत्याधिक मतका साथ विजय भएका छन्।

उनले ३ हजार २४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। यसैगरी, आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए।

जनजाति महिलातर्फ गीता गुरुङ २ हजार ८५९, डा। गङ्गालक्ष्मी अवाल २ हजार ७६८, रेणुका काउछा मगर २ हजार ३९२, सपनाराज भण्डारी जोशी २ हजार ३५१, सिता कुमारी राना मगर २ हजार १३२, प्रमिला राई २ हजार २०, लिलादेवी बोखिम लिम्बु १ हजार ६८१, पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.