बूढीगण्डकी बाढी प्रभावित नागरिकको उद्धार र सुरक्षामा जुट्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढी प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत संयोजक दाहालले बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेका छन् ।

संयोजक दाहालले भनेका छन्,’गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाट लगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छ । प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै, बूढी गण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु । यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.