राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

काठमाडौँ, २५ असाेज । पूर्व कप्तान रोहितकुमार पौडेलको सतक मद्दतमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडालाई २३६ रनको लक्ष्य दिएको छ ।

आइतबार ओमानस्थित अल अमिरातमा मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदा  २३५ रन बनायो ।

क्यानाडाबिरुद्द रोहितले १२५ बलमा शतक बनाएका हुन् । रोहितले ८ चौका र १ छक्का प्रहार गरे । १२७ बलमा १०ट रन बनाएका रोहितलाई जागिरले आउट गराएका थिए ।  रोहितको यो एकदिवसीय क्रिकेटमा तेस्रो शतक हो । एकविदसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एकमात्र नेपाली क्रिकेटर समेत बनेका छन् ।

यस्तै, गुल्सन झाले ३४ बलमा ४८ रन बनाए । बसिर अहमदले ५७ बलमा ३० रनको योगदान गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.