असोज १३, काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको भाउ तोलामा ३८ सय रुपैयाँले घटेको हो ।
सोमबार सुन तोलामा दुई लाख ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेर ४३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार तोलामा चार हजार पाँच सय १० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो । अन्तर्राष्ट्रिय बजारमा घटेको भन्दा निकै कम नेपाली बजारमा सुनको मूल्य तोकिएको छ ।

