प्रतिनिधिसभा बैठक आज बस्दै, महत्वपूर्ण विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची

असोज १३, काठम । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान १० बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा सरकारका तर्फबाट विभिन्न मन्त्रीहरूले महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने तथा समिति सभापतिले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ। साथै, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनसमक्ष प्रस्तुत गर्नुहुनेछ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम रहेको छ।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ भने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ।

यसैबिच, आजै संसद् भवन परिसरमा अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्न लागेको संसद् सचिवालयले जनाएको छ। – न्युज कारखाना

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.