पाकिस्तान सरकारले आईएनजीओहरुलाई ६० दिनभित्र देश छाड्न आदेश

असोज २०, काठमाडौं । पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राट्रिय संगठन (आइएनजीओ) हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ । पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो ।

पाकिस्तानी सरकारको निर्णयबाट प्रभावित एक्सन एडले सरकारको यो निर्णय नागरिक समाज माथि भएको हमलाको अर्को शृङ्खला भएको प्रतिक्रिया दिएको छ । पाकिस्तानको गृहमन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सरकारका तर्फबाट एक्सन एडलाई पठाइएको पत्रमा छ महिनापछि रजिष्ट्रेसनका लागि पुनः आवेदन गर्न सक्ने उल्लेख छ । पाकिस्तानको गुप्तचर निकायले अन्तर्रा्ष्ट्रिय संगठनलाई सधैं शंकाको दृष्टिले हेर्ने गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.