बम दिदीबहिनीलाई अनुसन्धान दायरामा ल्याउन मानवअधिकार संगठनको माग

असोज १९, काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्डमा मामा तीर्थराज भण्डारी र बमदिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन मानव अधिकार संगठनले सरकारसँग माग गरेको छ ।

घटनाको स्थलगत अध्ययन पछि शुक्रबार काठमाडौंमा प्रतिवेदन सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दाबी गर्दै बम दिदी बहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् । निर्मला पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेका छन् ।

संगठनले घटनास्थल नजिकै रहेको नेपाली सेनाको व्यारेकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा निर्मला हत्याकाण्डको प्रमाण नष्ट गरेको , निर्दोष व्यक्तिलाई यातना दिइएको ,बलात्कार हत्या काण्डलाई राजनीतिकरण गरिएको , घटनालाई उत्तेजित बनाएको र बल प्रयोग गरेको जस्तो आरोप उल्लेख गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.