मंसिर मसान्तसम्म दैनिक २५ किलोसम्म सुन आयात गर्न पाईने

असोज १९, काठमाडौं । आगामी मंसिर मसान्तसम्म दैनिक २५ किलोसम्म सुन आयात हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७४ मा संशोधन गर्दै यो व्यवस्था गरेको हो ।

हाल नेपाल राष्ट्र बैंकबाट ‘क’ र ‘ख’ वर्गका इजाजतपत्र बैंक तथा अन्य इजाजतप्राप्त संस्थाहरुले सुन आयात गर्दै आएका छन् । एकीकृत परिपत्र, २०७४ को सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६८ को बुँदा ४ मा यो व्यवस्या थप गरिएको हो । सैगरी ती संस्थाले १ सय, २ सय र ५ सय ग्रामसम्मका परिमाणमा सुन आयात गरी बिक्रीवितरण गर्नुपर्ने व्यवस्था कायम गरिएको छ । राष्ट्र बैंकले यसरी आयात भएको सुन बिक्री गर्ने क्षेत्रसमेत संशोधन गरेको छ । केन्द्री बैंकका अनुसार आयात भएको सुनको आधा परिमाण साविक बागमती अञ्चलका ८ जिल्लामा र बाँकी सुन नेपालका सबै जिल्लामा बिक्री गर्नुपर्ने व्यवस्था गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.