सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै बहिरा नागरिकको धर्ना

असोज १९, काठमाडौं। सवारी चालक अनुमति पत्र सरकारले नदिएपछि बहिरा नागरिकसमेत सडक आन्दोलनमा उत्रिएका छन्। संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै बहिरा नागरिकले शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

२०६१ सालदेखि सवारी चालक अनुमति पत्र दिन सरकारको विभिन्न निकायमा गरिएको आग्रह सुनुवाई नभएपछि आफूहरु सडक आन्दोलनमा गर्न बाध्य हुनु परेको राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले जानकारी दिए। महासंघले सवारी चालक अनुमति पत्र पाउनुपर्ने आफूहरुको माग तत्काल सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ। महासंघले २०६१ साल पुस ९ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग पटक–पटक सवारी चालक अनुमति पत्र दिन माग गर्दै आएपनि त्यसलाई सरकारले बेवास्ता गरेपछि सडक आन्दोलन सुरु गरेको हो। ‘म बहिरा, सवारी साधन चलाउन नपाउनेरु’ लेखिएको प्लेकार्डसहित शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका उनीहरुले चालक अनुमति पत्र अव पनि नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।

उनीहरुले ५ सय भन्दाबढी बहिरा नागरिक सवारी चलाउन सक्ने भएपनि सरकारले चालक अनुमति पत्र नदिएर अप्ठयारोमा पारेको गुनासो पनि गरेका छन्। अध्यक्ष अधिकारीले सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउन र त्यसका लागि आवश्यक परे छलफलका लागि बोलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.