गायिका निरूता राईको स्वरमा “दैव” गीत सार्वजनिक (भिडियोसहित)

असार १, काठमाडौँ । गायिका निरूता राईको स्वरमा नयाँ नेपाली आधुनिक गीत “दैव” सार्वजनिक भएको छ ।

गायिका राईको सुमधुर स्वरमा सजिएको उक्त गीतको शव्द दायाराम दाहालको लेखेका हुन् भने वरिष्ठ संगीतकार प्रकाश गुरूङ संगीत भरेका छन् । गीतमा निकै मार्मिकता झल्किएको छ । जुन जीवनको अनपेक्षित मोड, विछोड, पीडा र भाग्यको खेलप्रतिको गुनासो गर्दै गायिका राईको मिठास स्वरमार्फत दर्शक र स्रोताको ध्यान तानिएकी छन् । गायिका निरूता राईले विशेष गरि आधुनिक गीत गाउँदै आएकी छन् । ए आमा, मायाको संसार, मेरो मनले चिन्यो, सपनाको सागरमा जस्ता करिव १६ वटा आधुनिक गीतमा स्वर दिइसकेकी छन् ।

ए वान स्टुडियोमा रेकर्ड गरिएको ‘दैव’ गीतको एरेन्ज नुर्बु शेर्पा गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् । उक्त गीतको भिडियो समेत सार्वजनिक भएको छ । नविन पन्तले निर्देशन गरेको सो म्यूजिक भिडियोमा गायिका निरूता राई स्वयमले अभिनय गरेकी छन् । त्यस्तै कुशल पन्त, उर्मिला लामा, निर्जना सिं, रूविना पन्त, कृष्ण महर्जन लगायतले अभिनय गरेका छन् । कलाकारहरूको शृंगारमा उर्मिला लामाले गरेकी हुन् ।

मरुभूमि नारायणको छायाँकन रहेको सो म्यूजिक भिडियो रोशन दाहालले सम्पादन गरेका छन् । गीत निरूता राईको आधिकारिक युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.