कीर्तिपुरको होल्डिङ सेन्टरमा एक सुकुम्वासीको मृत्यु

काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका एक विस्थापित सुकुमवासीको मृतयु भएको छ ।

होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका विस्थापित सुकुमवासी भेषबहादुर दर्जीको मृत्यु भएको छ । उनको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको उनकी पत्नी विमला सुनुवारले जानकारी दिइन् ।

दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो । अस्पताल पुग्दा उनको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए । उनी लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.