बालेनलाई विदेशीबाट परिचालित नभएको पुष्टी गर्न काँग्रेस नेता आचार्यको चुनौती

जेठ १७, काठमाडौं । नेपाली काँग्रेसका नेता बाबुराम आचार्यले बालेन शाहले आफू विदेशीबाट परिचालीत नभएको पुष्टी गर्न चुनौती दिएको छ ।

नेता आचार्यले वरिष्ठ नेता एवं प्रधानमन्त्री बालचन्द्र शाहले आज संसद्मा नेपालले पनि भारतको भूमी मिचेको छ भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएका छन् । उनले, ‘आजको बालेको अभिव्यक्तिले प्रधानमन्त्री शाहले नेपाली जनताको मन जित्न  काठमाडौँको मेयर हुँदा ग्रेटर नेपालको नक्सा आफ्नो सामाजिक सञ्जालमा भ्रमपूर्ण राष्ट्रवादको रूपमा राखेको पुष्टि आजको अभिव्यक्तिबाट पुष्टि भएको छ ।’

नेता आचार्यले, ‘श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पटक–पटक बालचन्द्र शाहको प्रधानमन्त्रीबाट राजीनामा मागिरहँदा पनि नेपाली काँग्रेसको कार्यकर्ता भए पनि सरकार ५ टिक्नुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिने म जस्ताले पनि बालेन शाहले प्रधानमन्त्रीबाट राजीनामा नदिए जनताले सिंहदरबारबाट गलहत्त्याएर निकाल्नुपर्छ भन्ने अभिव्यक्ति दिन बाध्य भएको छु ।’ उनले, ‘सुकुम्वासी हटाएको, विद्यार्थी सङ्गठनहरू खारेज गरेको, कर्मचारी सङ्गठनहरू खारेज गरेको समर्थन अझै रहे पनि आजको अभिव्यक्ति एआई वा अन्य कुनै षड्यन्त्र नभएको भए जति निन्दा गरे पनि कम हुने प्रकारको होइन । विपक्षीहरूले संसद्मा आएर उत्तर दिन पटक–पटक संसद् अवरुद्ध गरिरहँदा प्रधानमन्त्रीलाई आउनुपर्ने बाध्यता छैन भन्नेहरूलाई आजको अभिव्यक्तिले दुःख लागेको हुनुपर्छ ।’

उनको सामाजिक संजालमा लेखेको लेखः

वरिष्ठ नेता एवं प्रधानमन्त्री बालचन्द्र शाहले आज संसद्मा नेपालले पनि भारतको भूमी मिचेको छ भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ,

आजको बालेको अभिव्यक्तिले प्रधानमन्त्री शाहले नेपाली जनताको मन जित्न  काठमाडौँको मेयर हुँदा ग्रेटर नेपालको नक्सा आफ्नो सामाजिक सञ्जालमा भ्रमपूर्ण राष्ट्रवादको रूपमा राखेको पुष्टि आजको अभिव्यक्तिबाट पुष्टि भएको छ,

देशको स्थायित्व र विकासका लागि दुई तिहाइ मतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शाह ५ वर्ष टिकुन् भन्ने स्वतन्त्र विचार राख्नेहरू पनि उनीसँग डराउनुपर्ने आवश्यकता आएको देखिन्छ,

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पटक–पटक बालचन्द्र शाहको प्रधानमन्त्रीबाट राजीनामा मागिरहँदा पनि नेपाली काँग्रेसको कार्यकर्ता भए पनि सरकार ५ टिक्नुपर्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिने म जस्ताले पनि बालेन शाहले प्रधानमन्त्रीबाट राजीनामा नदिए जनताले सिंहदरबारबाट गलहत्त्याएर निकाल्नुपर्छ भन्ने अभिव्यक्ति दिन बाध्य भएको छु ।

केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल बन्द गर्ने कार्य फिर्ता लिनु भन्ने, नेपाली काँग्रेसकै कार्यकर्ता भए पनि  बालकृष्ण खाँण र रमेश लेखकको गृहमन्त्रीबाट राजीनामा माग्ने आँटिलो केटो पनि हुँ म ।

प्रधानमन्त्री शाहले माफी माग्दा जनताले छुट् दिन्छन् भने ठिकै छ, नत्र बालेन शाहलाई नेपालको प्रधानमन्त्रीमा एक मिनट पनि बसिरहने छुट छैन,

सुकुम्वासी हटाएको, विद्यार्थी सङ्गठनहरू खारेज गरेको, कर्मचारी सङ्गठनहरू खारेज गरेको समर्थन अझै रहे पनि आजको अभिव्यक्ति एआई वा अन्य कुनै षड्यन्त्र नभएको भए जति निन्दा गरे पनि कम हुने प्रकारको होइन । विपक्षीहरूले संसद्मा आएर उत्तर दिन पटक–पटक संसद् अवरुद्ध गरिरहँदा प्रधानमन्त्रीलाई आउनुपर्ने बाध्यता छैन भन्नेहरूलाई आजको अभिव्यक्तिले दुःख लागेको हुनुपर्छ,

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नै बालेन का पछिल्ला गतिनिधिले तनाव भएको बताउँथे भने आजको नेपालको भूमि नै भारतले मिचेको भन्ने सुनियोजित षड्यन्त्र सहितको अभिव्यक्तिले थप तनाव दिएको हुन सक्छ, तर ती सांसदहरू आफ्नो विचार किन राख्दैनन् त्यो प्रश्न भने जीवित छ, तत्काल प्रधानमन्त्री शाहको राजीनामा नै मुख्य निकास हो । भारत, चीन वा विदेश भ्रमण नगर्ने तर देशमा नै बसेर भारतको भर मजदुर चाकरी गर्ने अराष्ट्रवादी, राष्ट्रघाती तत्त्वको रूपमा बालेनले परिचय बनाएका छन् । उनले आफू परिचालित नभएको पुष्टि गर्न सामाजिक सञ्जालमा आएका जनताका विरोधलाई तत्काल सम्बोधन गर्न चुनौती दिन चाहन्छु ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.