कम्बोडियामा अवैध रूपमा बसेका ६०२ नेपालीको जरिवाना मिनाहा

काठमाडौं । कम्बोडिया सरकारले अवैध रुपमा बस्दै आएका ६०२ जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ ।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले भिसा अवधि नाघेर पनि बस्दै आएका ती नेपालीको जरिवाना मिनाहा गरेको हो । दूतावासले सूचना जारी गर्दै कम्बोडियामा भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ ।

साथै विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि ‘वन वे ट्राभल डकुमेन्ट’ तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ ।

दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई ‘वन वे ट्राभल डकुमेन्ट’ उपलब्ध गराएको हो । एक महिनाको अवधिभित्र स्वदेश नफर्किने विदेशी नागरिकमाथि कम्बोडियाले लागू गरेको नयाँ कानुनी व्यवस्थाअनुसार पक्राउ, जरिवाना र कैद सजायसमेत हुन सक्ने दुतावासले जनाएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.