असोज १९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले चालु आर्थिक वर्षभित्र सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याइने बताएका छन् ।
देशका ७५३ स्थानीय तहमध्ये अब ६९ वटामा मात्र इन्टरनेट सेवा पुग्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो सांसद्हरूले इन्टरनेट सेवा नहुँदा बैंक स्थापना नभएको भन्दै ध्यानाकर्षण गराएका थिए । यस्तै, मन्त्री बाँस्कोटाले मोबाइल सेवालाई गुणस्तरीय बनाउनका लागि ७३८ टावर थप गर्ने प्रक्रिया जारी रहेको बताए । पछिल्लो दुई तीन महिनाको अवधिमा २४० टावर जडान भइसकेको पनि उनले बताए । सरकारले सामाजिक रूपमा मौलाएको विकृति न्युनीकरणका लागि १६ हजार अश्लील वेबसाइट बन्द गराएको उनले जानकारी दिए ।
श्रमजीवी पत्रकारको वृत्ति विकास कोषमा तीन करोड रुपियाँ जम्मा भइसकेको र चाडै नै पाँच करोड पु¥याउने लक्ष्य रहेको बताए। उपत्यकामा लागू भएको चलचित्रको बक्स अफिस प्रणाली माघदेखि उपत्यकाबाहिर पनि लागू हुने बताउँदै मन्त्री बास्कोटाले काभ्रेको आइटी पार्कमा सुरक्षित मुद्रण स्थापना गर्ने गरी सरकारले गृहकार्य गरिरहेको बताए । समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले नेपाल टेलिभिजन तथा रेडियो नेपाललाई पव्लिक सर्भिस ब्रोडकास्टिङ’मा रुपान्तरण गर्ने गरी कानुन तर्जुमाको प्रक्रिया अघि बढिरहेको जानकारी दिए । सचिव गुरुङले तीन वर्षमा सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने लक्ष्य रहेको बताए ।

