एसईईको नतिजा सार्वजनिक हुँदै, नतिजा बेलुका ९ बजे हेर्न मिल्ने

वैशाख २८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक हुने भएको छ ।

बोर्डले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा हेर्न ९ बजे मिल्ने बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसवर्ष एसईईमा पाँच लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.