वैशाख ७, काठमाडौं ।काठमाडौं उपत्यकासहित देशैभरी केही दिन यता गर्मी बढेको छ ।
सोमबार र मंगलबार झनै गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाले मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी , दूरपश्चिम प्रदेशका तराई भू– भाग साथै उपत्यका तथा खोंचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी तराईमा तातो लहर चल्ने सम्भावना रहेको छ । साथै शतर्क रहन महाशाखाको अनुरोध समेत गरेको हो
केही दिनदेखि देशका सबै ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाहरुमा अझै बढी गर्मी छ । आइतबार नेपालगञ्ज र दिपायलको तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँहरूमा भने वर्षा पनि भइरहेको छ । त्यस्तै, आइतबार कास्कीमा ५७ दशमलब ४ र सिन्धुपाल्चोकमा ६८ दशमलब ४ मिलीमिटर वर्षा भएको छ ।
त्यस्तै, गोरखा, लमजुङ, सोलुखुम्बु, खोटाङ, धनकुटा, सङ्खुवासभामा मध्यम वर्षा भएको छ भने अन्य अधिकांश ठाउँमा हल्का वर्षा भएको हो । आइतबार चितवन र तनहुँ लगायतका ठाउँमा असिना समेत परेको थियो ।

