गौरीशंकर सुपर लिगमा ग्रेट हिमालय क्रिकेट एकेडेमीको जीत 

वैशाख २, काठमाडौं ।  गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै गौरिशंकर क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको गौरिशंकर क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो। निपेश सार्कीले सर्वाधिक १५ रन बनाए भने अंकित खड्काले ८ रन जोडे। ग्रेट हिमालयका बलरहरू अत्यन्तै प्रभावशाली देखिए। सुधिर मल्लले शानदार बलिङ गर्दै ५ विकेट लिए।  खेलको म्यान अफ द म्याच सुधिर मल्ल नै भए।

६० रनको लक्ष्य पछ्याएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले आक्रामक ब्याटिङ गर्दै मात्र ५.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अनिकेत गजुरेल २० रनमा अविजित रहँदा सुप्रिम सुनारले १० रन बनाए। अवि थपलियाले १७ रनको योगदान दिए। बलिङतर्फ गौरिशंकरका आदेश थामी र अंकित खड्काले समान १–१ विकेट लिए  । त्यसैगरी गौरीशंकर सुपर लिग  यू–१७  क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा क्रिकेट एक्सेलेन्स सेन्टर काठमाडौंले भक्तपुर क्रिकेट सेन्टर लाई ४६ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको क्रिकेट एक्सेलेन्स सेन्टर काठमाडौंले निर्धारित १५ ओभरमा अलआउट हुँदै १२२ रन बनायो। जमाल राइनले शानदार अर्धशतक प्रहार गर्दै ५० रन बनाए भने आदित्य ढकालले २७ रनको महत्वपूर्ण योगदान दिए।  बलिङतर्फ भक्तपुरका कृष्ण मलासीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने मिलन सुनारले २ विकेट हात पारे। राजेश कुंवर र भास्कर आचार्यले समान १–१ विकेट लिए।

१२३ रनको लक्ष्य पछ्याएको भक्तपुर क्रिकेट सेन्टर भने दबाबमा पर्दै १५ ओभरमा सबै विकेट गुमाएर ७६ रनमै समेटियो। श्रेराज बिर श्रेष्ठले २४ रन र सदीप कार्कीले १९ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। क्रिकेट एक्सेलेन्सका बलरहरू खेलभर हावी देखिए। अंकित जोशीले उत्कृष्ट बलिङ गर्दै ५  विकेट लिए ।  त्यसैगरी आजै भएको तेस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी ले काठमाडौं जिल्ला लाई ३० रनले पराजित गरेको छ।

 

पहिले ब्याटिङ गरेको हिमालयन क्रिकेट एकेडेमीले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै १०५ रन बनायो। हिमालयन क्रिकेट एकेडेमीका लागि कबिन दुलायलले ३६ रन बनाए भने सौगात धामीले २० रन र प्रतिक शाहले १८ रनको योगदान दिए।  काठमाडौं जिल्लाका बलरमध्ये पारख रसाइलीले २ विकेट लिए भने बिशाल बुढा, अभियन गोटामे, सौर्य सिंह ठाकुरी समान १–१ विकेट हात पारे। १०६ रनको लक्ष्य पछ्याएको काठमाडौं जिल्ला  भने दबाबमा पर्दै १५ ओभरमा ९ विकेट गुमाएर ७५ रनमै सीमित भयो।

बिशाल बुढाले १८ रन र करण यादवले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। हिमालयनका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कबिन दुलायलले महत्वपूर्ण विकेट लिए भने सचिन घाराडी र सौर्य सिंह ठाकुरीले पनि विकेट निकाल्दै विपक्षीलाई दबाबमा राखे। टोलीले ३ रनआउट गर्दै खेल फ्नो पक्षमा पर्‍यो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.