पाकिस्तानी पृथकतावादी समूहले प्रधानमन्त्री बालेनलाई दियो बधाई

चैत १५, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहलाई निर्वासित तिब्बती धार्मिक नेता दलाइ लामाका प्रशासन प्रमुखपछि पाकिस्तानी पृथकतावादी समूह ‘रिपब्लिक अफ बलुचिस्तान’ ले पनि बधाइ दिएको छ ।

आजै तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको भारतस्थित धर्मशालाबाट निर्वासित केन्द्रीय तिब्बती प्रशासनका प्रमुख प्रशासक सिक्योंग पेन्पा छिरिङले बधाइ दिएका थिए । उता ‘रिपब्लिक अफ बलुचिस्तान’का नाममा नेपालस्थित बलोच समुदायले बधाई सन्देश जारी गरेको सामाजिक सञ्जालमा उल्लेख गरेपछि कूटनीतिक वृत्तमा चासो र जिज्ञासा उत्पन्न भएको छ । सन्देशमा नयाँ मन्त्रिपरिषद् र प्रधानमन्त्री साहको कार्यकाललाई ‘आशाजनक अध्याय’को रूपमा व्याख्या गर्दै नेपाललाई समृद्धि र प्रगतितर्फ लैजाने विश्वास व्यक्त गरिएको छ।

बलुचिस्तानलाई पाकिस्तानबाट छुट्याउन एउटा समूह लागि परेको छ । त्यस्तो संस्थाका तर्फबाट एकाएक नेपालको नयाँ सरकार र नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिइनुले कूटनीतिक क्षेत्रलाई झस्काइदिएको अवस्था छ । बलुचिस्तान पाकिस्तानको पश्चिम दक्षिणमा रहेको सबैभन्दा ठूलो प्रान्त हो । शाहको नेतृत्वमा नेपालले उन्नति र समृद्धि हासिल गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ । शाहको नेतृत्वमा दुई मुलुकबीच आपसी सम्मानमा आधारित बलियो कूटनीतिक सम्बन्ध स्थापना हुने बलुचिस्तान गणतन्त्रको अपेक्षा छ ।

बधाई सन्देशमा परराष्ट्रमन्त्री शिशिर खनाल, नेपालस्थित अमेरिकी दूतावास, रुटिन अफ नेपाल बन्द लगायतलाई समेत मेन्सन गरिएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.