मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड

असोज १७, सप्तरी । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताएका छन् ।

सिरहाबाट राजविराज आइपुगेका महतोले आज यहाँ पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै प्रधानमन्त्री कार्यालयमा सरकारलाई यस सम्बन्धमा ज्ञापनपत्र दिइने जानकारी दिए। उनले संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ, ‘झुटा मुद्दा लगाएर जेलमा राखिएका’ आन्दोलनकारीको मुद्दा फिर्तालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्ने तथा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारी, कालोबजारी र महँगी नियन्त्रणमा लाग्नुपर्ने बताए।

‘प्रदेश नम्बर २ सरकारको गतिविधि सन्तोषजनक नभए पनि’ आन्दोलन र जनताको भावनाको सम्मान गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँदै महतोले कमजोरी हटाई सङ्घीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धन बलियो बनाउन लागिएको जानकारी पनि दिए । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.