३३ किलो सुन तस्कारी प्रकारणमा निलम्वित प्रहरी अधिकृतहरुको कारवाही फुकुवा

असोज १७, काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्वनमा परेका नेपाल प्रहरीका ३ अधिकृको कारबाही फुकुवा भएको छ ।

२०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्वनमा परेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डीएसपी प्रजित केसीको कारबाही गृह सचिव प्रेमकुमार राईले फुकुवा गरेका हुन् । फुकुवासँगै उनीहरूलार्इ काममा फर्किने बाटो खुलेको छ । उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेश लगत्तै रिहा भएका तिनैजना प्रहरी अधिकृतले एक साता अघि नै निलम्वन फुकुवा गरी काममा फर्किन प्रहरी प्रधान कार्यालय कानुन शाखामा निदवेदन दिएका थिए । त्यही निवदनका आधारमा गृह सचिव राईले मंगलबार निलम्वन फकुवा गरेका हुन् ।

“निलम्वन फुकुवाको निर्णय भइसकेको छ, यसको व्यहोरा प्रहरी प्रधान कार्यालय पुगेपछि उहाँहरु नियमित काममा फर्किनु हुने छ ।” गृह मन्त्रालय स्रोतले भन्यो । उनीहरुमाथी जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान र संगठीत अपराध कसूरमा मुद्दा दायर गरिएको थियो । तर त्यस विरुद्ध उनीहरुले उच्च अदालत मोरङमा आफू विरुद्धको अभियोग अस्वीकार गर्दै सफाइको माग सहित निवेदन दिएका थिए ।

निलम्वनमा पर्नुअघि लोहनी महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख र केसी पनि महाशाखाकै जघन्य अपराध पिलर तथा एसपी खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए । सुन तस्करी र सनम शाक्य हत्याकान्डको छानविन गर्न सहसचिव इश्वरराज पौडेल नेतृत्वको समितिको सिफारिसमा गृह मन्त्रालयले तिनैजना प्रहरी अधिकृतलाई निलम्वन गरेको थियो । छानविन समितिकै सिफारिसमा गत वैशाख १२ गते एसपी खनाल, १३ गते एसएसपी लोहनी र १६ गते डीएसपी केसीलाई पक्राउ गरिएको थियो । तस्करीबाट भित्रिएको ३३ केजी सुन हराएपछि २०७४ फागुन १८ गते सुन तस्करका मूख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेती सहितको समूहले उर्लाबारीको जंगलमा शाक्यको हत्या गरेको थियो । उक्त हत्यालाई ढाकछोप गर्न प्रहरीकै अधिकारीको मिलेमतो रहेको दावी सहित पौडेल नेतृत्वको समितिकै सिफारिस अनुसार बहालवाला एसएसपीद्धय लोहनी, र श्याम खत्री, एसपी खनाल, डीएसपी केसी, पूर्व डीआइजी गोविन्द निरौला सहित ६३ जना विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उच्च अदालत विराटनगरले पूर्पक्षका क्रममा कारागारमा रहेका पूर्व डीआइजी निरौलालाई पनि साधारण तारेखमा रिहा गरीसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.