राजधानीमा मेड इन पाकिस्तान मेला सुरु

असोज १७, काठमाडौं । राजधानीमा मेड इन पाकिस्तान मेला सुरु भएको छ । पाकिस्तानमा उत्पादित स्थानीय सामग्रीको प्रदर्शनी त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको हो ।

मेला विगत १० वर्षदेखि आयोजना हुँदै आएको छ । मेलाको नवौं संस्करणलाई ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य संघले काठमाडौंस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरेको हो । मेलाको उद्घाटन पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री संगठनका अध्यक्ष हिमालय शमशेर जबराले संयुक्त रुपमा गरेका हुन् । मेलामा पाकिस्तानमा उत्पादित छालाका सामान, हस्तकला, कपडा, गरगहना तथा फर्निचर उपलब्ध छन् । मेला असोज २३ गतेसम्म चल्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.