ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी

फाल्गुन १५, काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीमा निर्वाचन प्रहरीलाई खटाइएको छ ।

नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि राजधानीका विभिन्न चोक(चोकमा ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरीलाई खटाइएको हो । बढ्दो जामलाई नियन्त्रण गर्न अहिले निर्वाचन प्रहरीहरू पनि सडक ट्राफिक व्यवस्थापनमा खटिएका छन् । उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने तथा यात्रुलाई सहज आवागमन गराउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै केही ट्राफिक प्रहरीलाई काठमाडौँ बाहिर पठाइएकाले उपत्यकामा जनशक्ति कम देखिएको हो । हाल निर्वाचन प्रहरीहरू पनि विभिन्न स्थानमा प्रहरीसँगै परिचालन गरिएको छ र सोही समयमा सडक जाम भएको बेला उनीहरूले ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.