तीन दिन सार्वजनिक बिदा दिन सिफारिस

काठमाडौं। निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले उक्त सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन्। अघिल्ला निर्वाचनहरूमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेकामा यसपटक व्यापक सहभागिता बढाउन तीन दिन बिदा प्रस्ताव गरिएको हो।

भट्टराईका अनुसार अतिरिक्त बिदाले विभिन्न स्थानमा रहेका मतदातालाई आफ्नो मतदान केन्द्रसम्म पुग्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.