२९० हानिकारक सूचना बनाउनेलाई कारबाही गर्न साइबर ब्यूरोमा आयोगको पत्राचार

माघ ८, काठमाडौं । निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २ सय ९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनको क्रममा आयोगका सहायक प्रवक्ता सीता पुनले निर्वाचन आचार संहिता विपरीत गतिविधि गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो,(‘निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाई पूर्ण रूपमा क्रियाशील छ।

हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने २ सय ९० वटा कन्टेन्ट उत्पादकरसम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ।’ त्यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र एउटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.