क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

असोज १७, भद्रपुर। विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो ।

सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरहनुभएका शिवसताक्षीका कर्णबहादुर विकले रु दुई लाख ५० हजार, आन्द्रा क्यान्सर पीडित विर्तामोड–५ की रीमा लिङ्देनले रु पाँच लाख, टाउकोको क्यान्सर पीडित बाह्रदशी–५ की केन्द्रमाया कार्कीले रु दुई लाख र घाँटीको क्यान्सरबाट पीडित विर्तामोड–५ का टिका पकुवालले रु पाँच लाख उपचार सहयोग पाउनुभएको छ ।

राजीवगान्धी क्यान्सर अस्पताल दिल्लीमा आन्द्राको क्यान्सरको उपचार गराइरहनुभएको कनकाई–३ का भानुभक्त कटुवाललाई रु चार लाख, आन्द्राकै क्यान्सरको उपचार गराइरहनुभएको अर्जुनधारा–५ का दाताराम भण्डारीलाई रु पाँच लाख र एमएनसी स्पेसलिटी अस्पताल दुबईमा स्तन क्यान्सर उपचार गराइरहनुभएकी विर्तामोड–२ की सावित्रा कँडेललाई रु दुई लाख उपचार सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ । सहारा नेपाल सहकारीले आफ्ना शेयर सदस्यलाई क्यान्सर, मिर्गौला, मुटुरोग, अल्जाइमर्सलगायतका रोग लागेमा ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत अस्पतालको रसीदको आधारमा उपचार सहयोग पु¥याउँदै आएको छ ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.