“बाटो इजाजत पत्र (रुट परमिट) अनुसारको गन्तव्य सम्म नगई जथाभावि पार्किङ्ग गर्ने १५ वटा सवारी साधनहरु कारवाहीमा ”
आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा यातायात व्यवस्था कार्यालयवाट जारि भएको बाटो इजाजत पत्र (रुट परमिट) अनुसारको गन्तव्य स्थानसम्म नगई जथावाभि पार्किङ्ग गरि ट्राफिक व्यवस्थापनमा असर पुर्याउने १५ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० को २ “ख” अनुसार ट्राफिक प्रहरीले कारवाही गरेको छ ।


