असोज १६, काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २९५ किलो लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । चितवनबाट हेटौंडातर्फ गइरहेको इन्धन बोक्ने ट्यांकरमा उक्त परिमाणको लागु औषध फेला परेको हो । २२ वटा पोका बनाएर भारततर्फ लैजान लागिएको अवस्थामा गाँजा समातिएको ब्युरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
ट्यांकर र गाँजासँगै चालक प्रल्हाद ठकुरी पनि पक्राउ परेका छन् । बरामद भएको गाँजाको बजार मूल्य करिब ४५ लाख रुपैयाँ रहेको प्रहरीले जानाकारी दिएको छ । मकवानपुरमा अवैध रुपमा गाँजाको कारोबार भइरहेको सूचना पाएछि ब्युरोको टोली त्यता गएको थियो ।

