सोनाम ल्होसारको अवसरमा रिन्पोछे चिनिया लामा भुपती बज्रद्वारा बौद्धमा पुजाआजा

माघ ५, काठमाडौँ । बौद्ध स्थित गुरू ल्हाखाङ गुम्बामा रिन्पोछे चिनिया लामा भुपति बज्र लामाले दीप प्रज्वलन तथा पुजाआजा गरि ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

सोमबार बौद्धमागर्मीहरूको नयाँ वर्ष (ल्होसार) को अवसरमा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको आयोजनामा भएको सो शुभकामना   आदानप्रदान कार्यक्रममा धर्मगुरू रिन्पोछे चिनिया लामा भुपतिबज्र लामाले मनका नराम्रा विचारहरुलाई त्यागेर सकारात्मक सोचका साथ अगाडि बढ़‌ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । राष्ट्रिय चाडपर्वहरूले सामाजिक एवम् साँस्कृतिक सद्भाव र भातृत्वको भावना स्थापित गर्न सहयोग पुग्ने बताएका छन् । साँस्कृतिक पर्वहरू नेपाल राष्ट्रका सम्पत्ति हुन् यी सम्पत्तिको जर्गेना तथा संरक्षण गर्नु हरेक समुदाय तथा राज्यको दायित्व रहेको बताए ।

यसै अवसरमा धर्मगुरू चिनिया लामाले समाजमा सुख, शान्ति, समृद्धि र विकासले निरन्तरता प्राप्त होस् भन्द्र भगवान् बुद्धको ज्ञान र करुणाको ज्योतिले संसारभर फैलिएर विश्वमा शान्ति कायम होस् भन्ने शुभेच्छासहित समेत व्यक्त गरेका छन् । धर्मगुरू चिनिया लामाले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन् ।

नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । शुभकामना तथा पुजाआजा कार्यक्रममा बौद्धका स्थानीय बुद्धिजिविहरू, चिनिया लामाका वंशजहरू र श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका लामाहरूको उपस्थिति रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.