झापा-५ मा ओली र बालेनसँग भिड्दै रञ्जित

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ मा नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

नेकपा संयोजक पुष्पकमल दाहाल “प्रचण्ड”ले झापा–५ बाट चुनाव लड्न रञ्जित तामाङलाई टिकट दिएका हुन् । तामाङ नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् ।

उनले आफूले झापाबाट चुनाव लड्नका लागि टिकट प्राप्त गरेको भिडिओ फेसबुकमा साझा गरेका छन् । उनले लेखेका छन्– ‘नेपाली कम्युनिष्ट पार्टीका संयोजक श्रद्धेय नेता क। प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुएको छ । नेतृत्वगणलाई आभार सहित झापा क्षेत्र नं. ५ बासी आ मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु ।’

झापा–५ पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो। यसपालि पनि एमालेबाट ओली नै उम्मेदवार हुने पक्का छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हाल काठमाडौं महानगर प्रमुख रहेका बालेन शाहलाई उम्मेदवार बनाउने चर्चा छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.