माघ १, काठमाडौँ । थारु र मगर समुदायको राष्ट्रिय पर्व माघी र माघे संक्रान्ति काठमाडौँको टुँडिखेलमा मनाइएका छन् ।
आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारू र मगरको राष्ट्रिय साँस्कृतिक पर्वको रूपमा राजधानी लगायत विभिन्न स्थानमा कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
एकअर्कामा शुभकामना साटासाट गर्दै ठूलोबाट आशिर्वाद ग्रहण गर्ने चलन रहेको छ । मगर र थारू समुदायको मौलिक खाना, परिकार तथा साँस्कृतिक कला प्रस्तुत गर्दै सामुहिक रूपमा खुशी साटेर चाडपर्व मनाइन्छ । आफ्नो समुदायका मान्छेहरूले उत्पादन गरेका हस्ताकला, घरायासी सामग्री लगायत वस्तुहरू प्रदर्शनी तथा बिक्रि वितरण गर्न राखेका थिए ।
यो पर्वका अवसरमा थारु र मगर समुदायले काठमाडौंको टुँडिखेलमा छुट्टा छुट्टै विशेष कार्यक्रम गरेका छन् । थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।
तस्बीरमा हेर्नुस् ।


