नेपाल प्रहरीसँग विश्वकै उत्कष्ट प्रहरी बन्न सक्ने सम्भावनाः प्रहरी प्रमुख खनाल

असोज १६, सोलुखुम्बु । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीसँग विश्वकै उत्कष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको मंगलबार उद्घाटन गर्दै खनालले त्यसका लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्ने बताएका हुन् । उनले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागि हरहमेसा कटिबद्ध भइ निस्वार्थ सेवा दिनुपर्ने उल्लेख गरे ।

विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले भने, ‘प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु हुँदैन ।’ सोही अवसरमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकाङ्क्षालाई पूरा गर्न शान्ति, समृद्धि र विकासमा जोड दिनुपर्ने उल्लेख गरे । त्यसका लागि सुशासनको आवश्यकता पर्ने उनले बताए ।

सुशासन कायम गर्ने क्रममा प्रहरी, सरोकारवाला निकाय र जनता ऐक्यबद्ध भएर लाग्नु अपरिहार्य रहेको उनको भनाइ थियो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल पनि उपस्थित थिए । उक्त भवन ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण भएको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.