एमालेले बादललाई तोक्यो चुनावी कमाण्डर

काठमाडौं । नेकपा एमालेले फागनु २१ गतेको प्रतिनिधिसभा निर्वाचन लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर तोकेको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको हो ।

कमिटीको सचिवमा विष्णु रिमाल छन् । त्यस्तै कमिटी सदस्यहरुमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की रहेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.