भीमफेदी दुर्घटनाका ६ मृतक र घाइते (नामसहित)

काठमाडौं । आइतबार मकवानपुरको भीमफेदीमा भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको परिचय खुलेको छ ।

आइतबार साँझ भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी कुलेखानी–काठमाडौं सडकमा ना१ज १७७८ नम्बरको सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा भारतको बिहार राज्य पटना बस्ने ४२ वर्षीय रजनिश कुमार, हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौडा–२, कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।

त्यस्तै दुर्घटनामा ज्यान गुमाउने दुई जना पुरुषको भने अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी, सुमो चालक, हेटौँडा–४ कर्रा चोक बस्ने ४५ वर्षका गणेश थापा र हेटौँडा–४ कमलडाँडा बस्ने सबिता लम्सालकी १२ वर्षीया छोरा अभ्यास लम्सालको पनि अवस्था गम्भीर छ । उनीहरुलाई आइतरबार राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।

रौतहट, चन्द्रपुर–२ की २१ वर्षीया रिचा चौधरीको टाउको र शरीरका बिभिन्न भागमा चोट लागेपनि अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.