प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को पीएचडीको उपाधी

काठमाडौँ । कोस्टारिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पीएचडीको उपाधी पाउनु भएको छ । सान जोसमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) ले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधी (पीएचडी) को उपाधि दिएको हो ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले ट्वीटरमार्फत दिनुभएको जानकारी अनुसार सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तराष्ट्रिय सन्धीमा हस्ताक्षर समेत भएको छ । योसँगै नेपाल विश्वविद्यालय चार्टर अंगिकार गर्ने ४१ औँ मुलुक भएको छ ।

यसअघि प्रधानमन्त्री ओलीलाई गत चैतमा भारतको राजकीय भ्रमणका क्रममा त्यहाँको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.