असोज १६, काठमन्डौ । बंगलादेशमा सोमबारबाट बंगबन्धु गोल्डकप सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओसमाथि १–० को जित निकालेको छ । समूह बी अन्तर्गतको पहिलो खेलमा जित हात पार्दै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
बंगलादेशको जितमा मिडफिल्डर विप्लो अहमेदले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बनेको खेलको ५९औं मिनेटमा विप्लोले गोल गरेका थिए ।

