कन्चनपुर आन्दोलन उग्र बन्दै, सरकारी वकिल कार्यालयमा तोडफोड

असोज १६, कञ्चनपुर । नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।

निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि आह्वान गरिएको जिल्ला बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले सरकारी वकिलको कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोडका क्रममा नेविसंघका कार्यकर्ताले कार्यालयमै चारजना कर्मचारीमाथि पनि हातपात गरेको जिल्ला सरकारी वकिल खेमराज भट्टले जानकारी दिए । आन्दोलनकारीहरुले सरकारी वकिलको कार्यालयभित्र रहेको गाडीमा ढुंगा प्रहार गर्दा पछाडिको शिसा फुटेको छ ।

त्यस्तै कार्यालय भित्र रहेका कम्प्यूटर, कुर्सी लगायतका सामाग्रीहरुमा पनि क्षती पुर्‍याएका छन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । त्यसैको विरोधमा नेविसंघले आईतबार कञ्चनपुर जिल्लामा शैक्षिक हड्ताल गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.