प्रभु बैङ्कका सिइओ अशोक शेरचन हाजिर जमानीमा छुटे

काठमाडौं । हप्तौंदेखि सिआइबीको हिरासतमा रहेका प्रभु बैङ्कका प्रमुख कार्यकारी अशोक शेरचन हाजिर जमानीमा छुटेका छन् । सरकारी वकिलको कार्यालयले शेरचनलाई हाजिर जमानीमा छाडेको हो ।

गत हप्ता उच्च अदालत, पाटनले ५ दिनभित्र बयान सक्न अन्तिम पटकलाई म्याद थपको अधिकार दिएको थियो । आज अशोक शेरचन सरकारी वकिल कार्यालयबाटै छुटेका हुन् ।

गत मङ्सिर १४ गते शेरचनालाई सिआइबीले पक्राउ गरेको थियो । सिआइबीले उनलाई बैङ्किङ कसुरको आरोपमा पक्राउ गरेको थियो ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.