पुस १०, काठमाडौँ । प्रेम र बिछोडको मार्मिक कथामा आधारित म्युजिक भिडियो ‘धोका’ सार्वजनिक भएको छ ।
बुधवार प्रभाकरदेव शर्माको शब्द, संगीत र स्वर रहेको गीत ‘धोका’ सार्वजनिक भएको हो । प्रेममा असफल प्रेमीहरुमा सर्मपित गर्दै यो गीत ल्याइएको गायक शर्माले बताए । गीतमा एरेन्ज सुयोग सोताङले गरेका छन् ।
उक्त गीतको भिडियोमा एक साधारण परिवारको केटालाई प्रेम परेको दश बर्षपछि प्रेमीकाले गरिब भएको भन्दै आमाबुबाको करकापमा धोका दिएको कथा देखाइएको छ । भिडियोमा प्रेम जोडीको रुपमा मोडल आयुषा कार्की र सिद्धार्थ सिलवालले अभिनय गरेका छन् । नाट्यमा रुपान्तरित सो म्यूजिक भिडियोमा संवादको माध्यमबाट मदन थापा, सुवासचन्द्र सिलवाल र सितल ठकुरीको पनि अभिनय रहेको छ ।
कलाकार शर्माकै निर्देशक रहेको भिडियोमा विशाल केसी र बुलेटको छायांकन छ भने सम्पादन बिशाल केसी र दिल श्रीपाल रहेका छन् । भिडियो हिल्स होम थेटर एन्ड प्रोडक्सनको युट्युबबाट सार्वजनिक भएको छ ।

