यू–१८ महिला साफ च्याम्पियनसीपः आज नेपाल र बंगलादेश भिड्दै

असोज १६, काठमाडौं। भूटानमा जारी यू–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै छन् ।

दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बंगालदेशले पाकिस्तानमाथि १७–० ले जीत निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । गोल अन्तरका आधारमा बंगलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइलन प्रवेश गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समयानुसार साँझ ६ ः४५ मा हुनेछ ।

यसअघि असोज १२ गते भएको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जीत हासिल गरेको थियो । उक्त खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन् । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू छन् ।

यस्तै मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.