ब्यापार सम्झौताबारे छलफल गर्न तयार छः राष्ट्रपति ट्रम्प

असोज १६, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकालाई खुशी पार्न ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तयार भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले भारतलाई ‘टेरिफ किङ’को संज्ञासमेत दिएका छन् । ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकासँग तत्काल छलफल गर्नसमेत भारतलाई सुझाव दिएका छन् । अमेरिका र भारतबीच ब्यापार अन्तर २५ अर्ब डलर बराबरको रहेको छ । ट्रम्पको भनाइप्रति भारतले भने कुनै प्रतिक्रिया दिएको छैन । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबीच भएको ब्यापारिक सम्झौताले अमेरिकी कलकारखानमा काम गर्ने मजदुरका लागि फलदायी साबित हुने बताए । यो सम्झौताले अमेरिकी मजदुरले रोजगारी पाउने दाबी उनले गरे ।–एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.