यात्रु सहायता कक्ष स्थापना

असोज १६, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ ।

चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक मदनबहादुर कुँवरले जानकारी दिए । सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टमा राखिने उनले बताए ।

हाल घोराहीको बसपार्क, ट्राफिक चोक र लमहीमा सहायता केन्द्र स्थापना गरिएको छ । यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने, अभद्र व्यवहार हुनसक्ने भएकाले सहायता कक्षमा समस्या समाधानका लागि विभिन्न टेलिफोन नम्बरको समेत व्यवस्था गरिएको छ ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.